
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको बनेपा नगरपालिका १२ बाँसडोलमा छानोबाट खसेर एक व्यक्तिको मृत्यु भयो।
- मृत्यु हुनेमा रोल्पा जिल्ला मादी ६ का ४२ वर्षीय अमृत घर्तीमगर थिए, जो चाइनिज इट्टाभट्टामा काम गर्थे।
- छानामा प्लाष्टिक ओढाउने क्रममा लडेर घाइते भएका थिए ।
१३ असार, काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं १२ बाँसडोलमा छानोबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चाइनिज इट्टाभट्टामा काम गर्ने रोल्पा जिल्ला मादी ६ का वर्ष ४२ को अमृत घर्तीमगर छन् । उनी सोही भट्टामा रहेको ट्रस्टमा जस्ताको छानोबाट पानी चुहिएकोले छानामा प्लाष्टिक ओढाउने क्रममा चिप्लिएर लडेको प्रहरी चौकी साँगाका हवल्दार बेलबहादुर श्रेष्ठले जानकारी दिए ।
छानामा प्लाष्टिक ओढाउने क्रममा लडेर घाइते भएका घर्तीमगरको उपचारको लागि शीर मेमोरियल अस्पताल बनेपामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4