+
+
Shares

सुरक्षा थ्रेटबीच सलमानले किने ‘बुलेटप्रुफ लक्जरी’ कार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता सलमान खानले नयाँ बुलेटप्रुफ मर्सिडिज–मेबाक जीएलएस ६०० कार किनेका छन्, जसको मूल्य लगभग ३.४० करोड भारु हो।
  • उहाँको सुरक्षा बढाउन महाराष्ट्र सरकारले वाई प्लस श्रेणीको सुरक्षा र थप सुरक्षाका उपायहरू अपनाएको छ।
  • सलमानको घर र कारलाई बुलेटप्रुफ बनाइएका छन् र उनको सुरक्षा व्यवस्था कडा गरिएको छ।

मुम्बई । सुरक्षा चुनौतीबीच बलिउड अभिनेता सलमान खानले नयाँ बुलेटप्रुफ लक्जरी कार किनेका छन् । यो कारमा आम्र्ड बडी प्यानल र रिइन्फोस्र्ड ग्लास जस्ता बुलेटप्रुफ सुविधा छन् ।

टाइम्स अफ इन्डियाका अनुसार बुलेटप्रुफ मर्सिडिज-मेबाक जीएलएस ६०० कारको मूल्य लगभग ३.४० करोड भारु रहेको बताइएको छ । यो सलमानको पहिलो बुलेटप्रुफ कार भने होइन । उनीसँग पहिले नै बुलेटप्रुफ कार छ ।

यो कार केवल प्रिमियम एसयूभी मात्र होइन, यसमा ४.०-लिटर ट्विन-टर्बो भीए-८ इन्जिन र ४८भी माइल्ड-हाइब्रिड प्रणाली छ । यसमा ९-स्पीड अटोमेटिक ट्रान्समिसन र ४ म्याटिक अल-ह्वील ड्राइभ छ ।

यसले केवल ४.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति लगभग २५० किलोमिटर प्रतिघण्टा छ । गत महिना मे २० मा सलमानको घरमा एक व्यक्ति प्रवेश गरेको घटना प्रकाशमा आएको थियो ।

प्रहरीले २३ वर्षीय अभियुक्तको नाम जितेन्द्र कुमार रहेको र उनी छत्तीसगढका बासिन्दा भएको बताएको थियो । गत महिना इशा छाब्रा नामकी एक महिलाले पनि ग्यालेक्सी अपार्टमेन्टमा प्रवेश गर्ने प्रयास गरेकी थिइन् । दुवैलाई प्रहरीले पक्राउ गरेको थियो ।

सन् २०२३ मा लरेन्स ग्याङबाट धम्की आएपछि मात्र सलमानको सुरक्षा बढाइएको थियो । महाराष्ट्र सरकारले उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिएको छ । ११ जना जवान उनीसँगै सधैं रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ जना पीएसओ समावेश छन् ।

सलमानको कारलाई एस्कर्ट गर्न सधैं अगाडि र पछाडि दुईवटा गाडी हुन्छन् । यसबाहेक, सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ छ । जनवरीमा ग्यालेक्सी अपार्टमेन्टमा भएको गोलीबारीपछि सलमानको अपार्टमेन्टको बाल्कोनीलाई बुलेटप्रुफ बनाइएको छ । साथै, चारैतिर उच्च रिजोल्युसन क्यामेरा जडान गरिएको छ । उनको मुम्बईस्थित निवासबाहिर पटक पटक गोली हानहानका घटना भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?