+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

एसईई नतिजाः अभिभावक र विद्यार्थीलाई सुमनाका केही सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १९:४१

१३ असार, काठमाडौं । पूर्व शिक्षामन्त्री तथा रास्वपा नेतृ सुमना श्रेष्ठले एसईई नतिजालाई लिएर अभिभावकहरूसँग सामाजिक सञ्जालमा ग्रेड सार्वजनिक नगर्न अनुरोध गरेकी छन् । यस्तो अभ्यासले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने उनको तर्क छ।

एसईई नतिजाको पूर्वार्धमा नेतृ श्रेष्ठले परीक्षाको नतिजापछि विद्यार्थी र अभिभावकहरूलाई संयम रहन आग्रह गरेकी छन्। ‘मेरो बच्चाको यति ग्रेड आयो भनेर सामाजिक सञ्जालमा पोस्ट नगर्नु होला,’ श्रेष्ठले एक भिडियो सन्देशमा भनेकी छन्, ‘यसले अरू विद्यार्थी र अभिभावकमा अनावश्यक दबाब सिर्जना गर्छ।’

उनको भनाइमा एसईई कुनै अन्तिम परीक्षा नभएर शैक्षिक यात्राको एक चरणमात्र हो। उनले कम ग्रेड ल्याउने विद्यार्थीलाई समेत नआत्तिन र तनाव व्यवस्थापन गर्न सुझाव दिएकी छन् । ‘आफूले सोचे अनुसारको नतिजा आएन भने पनि चिन्ता नलिनुस्। यो परीक्षाले तपाईंको सबै प्रतिभा नाप्न सक्दैन,’ उनले भनिन्।

श्रेष्ठले परीक्षा र नतिजाको समयमा विद्यार्थीहरूलाई मानसिक रूपमा सघाउन अभिभावक, नातेदार, साथीभाइ र विश्वसनीय व्यक्तिसँग खुलेर कुरा गर्न आग्रह गरिन्। साथै, स्ट्रेस व्यवस्थापनका लागि डायरी लेख्ने, गहिरो सास फेर्ने, वा आफैंलाई शान्त गराउने अन्य उपायहरू अपनाउन सुझाव दिइन्।

उनले एसईई पछिको शैक्षिक यात्राबारे सोच्दा विद्यार्थीले आफ्नै रुचि र क्षमता अनुसार विषय छनोट गर्न आग्रह गर्दै भनिन्, ‘के तपाईंलाई मन पर्छ, त्यसै आधारमा विषय रोज्नुहोस्।’

नतिजा आउने समय विद्यार्थी, अभिभावक र विद्यालयहरूका लागि संवेदनशील हुने भन्दै पूर्वशिक्षामन्त्री श्रेष्ठले सबैलाई धैर्य, समझदारी र सहयोगको भावनाका साथ अघि बढ्न आग्रह गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?