+
+
Shares

केही ठाउँमा आजदेखि धेरै भारी वर्षा हुने, बाढीपहिरो र डुबानको जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते ७:००

१४ असार, काठमाडौं । देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जानकारी गराएको छ ।

महाशाखाका अनुसार आज साँझदेखि सोमबारसम्मे ती क्षेत्रमा धेरै भारी वर्षा हुनेछ । भारी वर्षा भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हुने भने धेरै भारी भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो ।

ठूलो पानी पर्ने भएकोले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुँदा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ ।

ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?