+
एनपीएल २०२५ :

यी हुन् काठमाडौं गोर्खाजले रिटेन गरेका ६ खेलाडी

२०८२ असार  १४ गते १०:२६ २०८२ असार १४ गते १०:२६
यी हुन् काठमाडौं गोर्खाजले रिटेन गरेका ६ खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं गोर्खाजले करण केसी, भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको हो।
  • सामाजिक सञ्जालमार्फत काठमाडौंले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
  • एनपीएल २०२५ को लागि आगामी अगस्तमा मिनी अक्सन हुनेछ।

१४ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

काठमाडौंले शनिबार सामाजिक सञ्जालमार्फत रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो ।

काठमाडौंले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको हो ।

यसअघि सुदुरपश्चिम रोयल्स, चितवन राइनोजलुम्बिनी लायन्सले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।

एनपीएल २०२५ का लागि आगामी अगस्टमा मिनी अक्सन हुने तय छ ।

एनपीएल २०२५ काठमाडौं गोर्खाज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय