+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १२:४८

१४ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७  मा  विद्युतीय पोलमा चढ्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) गंगाबहादुर सारुले बताए ।

शनिबार बिहान हाइटेन्सन लाइनको फलामको पोलमा चढी निर्माण कार्य गर्दै गर्दा उनलाई अचानक करेन्ट लागेको थियो । गम्भीर अवस्थामा रहेका घिमिरेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो ।

तर, उपचारको क्रममा बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मर्भुङबाट प्रहरी सहायक निरीक्षक दीपक शाहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?