+
+
Shares

सिंहदरबारमा शिक्षा समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक १४ असारमा सुरु भयो।
  • बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने वा नराख्ने विषयमा छलफल भइरहेको छ।
  • समितिले प्रतिवेदनमाथि छलफल सकेर विधेयक प्रतिनिधिसभामा पठाउने तयारी गरिरहेको छ।

१४ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक सुरु भएको हो । विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

छलफलको क्रममा आज माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने वा नराख्ने भन्नेबारे छलफल थालिएको छ ।

समितिले प्रतिवेदनमाथि छलफल सकेर प्रतिनिधिसभामा विधेयक पठाउने तयारीस्वरुप पछिल्ला केही दिन लगातार छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?