+
+
Shares

पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु, अझै उठेन शव

विद्युत प्रधिकरणका कर्मचारीबाट कमी-कमजोरी भएको भन्दै परिवारजनले मृतकको शव अझै नउठाएको जिल्ला प्रहरी कार्यालय गुल्मका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको धुर्कोट गाउँपालिका(७ वग्लाद्वनेटामा विद्युत पोलमा करेन्ट लागेर झविन्द्र घिमिरेको मृत्यु भयो।
  • प्रहरी र प्राधिकरणले घटनाको यथार्थ अनुसन्धान गरिरहेको छ।
  • परिवारले शव बुझ्न मानेको छैन र शव अस्पतालमै छ।

१५ असार, गुल्मी । बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएका झविन्द्र घिमिरेको शव परिवारले बुझ्न मानेको छैन । उनको शव २४ घण्टादेखि अस्पतालमै छ ।

गुल्मीको धुर्कोट गाउँपालिका(७ वग्लाद्वनेटामा विद्युतको पोलमा चढ्ने क्रममा करेन्ट लागेर सोही ठाउँका ४० वर्षीय घिमिरेको शनिबार बिहान मृत्यु भएको थियो ।

विद्युत प्राधिकरणका कर्मचारीले हाइटेन्सन लाइनको फलामको पोलमा चढी काम गर्न लगाएका थिए । उनी सोही क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

गम्भीर अवस्थामा रहेका घिमिरेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो । तर उपचारको क्रममा शनिबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सोही घटनामा cउनले प्राधिकरणका कर्मचारी र पीडित पक्षबीच छलफलकै क्रममा रहेको बताए ।

प्राविधकरणका कर्मचारीबाट ठूलो गल्ती भएकाले शव नउठाइएको स्थानीय सूर्य घिमिरेले बताए ।

विद्युतको पोलमा चढेर मर्मत गर्ने क्रममा कर्मचारीबाट कमजोरी भएरनभएको अनुसन्धान भइरहेको नेपाल विद्युत प्राधिकरण गुल्मी विरतण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए ।

उनले पीडित पक्षसँग प्रशासनका छलफलका लागि बोलाइएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको यथार्थ अनुसन्धान लगायतका विषयमा छफलफ राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?