
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार देशभर धान दिवस मनाइयो र कलाकारहरूले दहीच्यूरा खाँदै धान रोपेका छन्।
- अभिनेता राजेश हमालले कृषी सम्बन्धी टिभी रियालिटी शो ‘र’ को छायांकनमा धान रोपेका छन्।
- उक्त शोको छायांकन काठमाडौं नजिकको गाउँमा भइरहेको र चाँडै प्रसारण हुने बताइएको छ।
काठमाडौं । आइतबार देशभर रोपाइँ गर्दै धान दिवस मनाइएको छ । कलाकारले समेत दहीच्यूरा खाँदै, धान रोप्दै असारे १५ मनाए ।
अभिनेता राजेश हमालले पनि हिलाम्य भएर धान रोपाइँ गरे । हिलाम्य देखिएका हमालले हिलो फाँटमा धान रोपाइँ गरेको देख्न सकिन्छ ।
अहिले निर्माण भैरहेको कृषी सम्बन्धी टिभी रियालिटी शो ‘र’को टोलीसँग हमालले धान रोपेका हुन् । यो शोको अहिले छायांकन धमाधम भैरहेको छ । हमालले सिरियलको नाम अंकित ‘र’ क्याप लगाएका छन् ।
काठमाडौं नजिकको एक गाउँमा यसरी धान रोपाइँ गरिएको हो । उक्त अवसरमा नेवार समुदायले ढोलक बजाउँदै गरेको देख्न सकिन्छ । हमालले उक्त रियालिटी शोलाई होस्ट गरिरहेका छन् । यो शो चाँडै प्रसारण हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4