
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाएको छ।
- महासंघको प्रतिनिधि गोकर्ण अवस्थीलाई फिर्ता बोलाइएको र नयाँ पठाउने विषयमा कुनै जानकारी नभएको उच्च अधिकारीले बताए।
- धितोपत्र बोर्डको सञ्चालक समितिमा विभिन्न मन्त्रालय र संघका प्रतिनिधि छन् र स्वार्थको द्वन्द्वले महासंघको प्रतिनिधि हटाउने सुझाव आएको छ।
१५ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाएको छ ।
महासंघले आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाएको बोर्डका एक उच्च अधिकारीले जानकारी दिए । बोर्डमा महासंघका तर्फबाट गोकर्ण अवस्थीले प्रतिनिधित्व गर्दै आएका थिए ।
उनलाई फिर्ता बोलाएपछि अर्को पठाउने/नपठाउने विषयमा भने अहिले कुनै जानकारी नआएको ती अधिकारीले बताए । धितोपत्र बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, उद्योग वाणिज्य महासंघबाट १–१ जनाले प्रतिनिधित्व गर्दै आएका छन् ।
स्वार्थको द्वन्द्व हुने भएकाले महासंघको प्रतिनिधि बोर्डबाट हटाउनुपर्ने गठित विभिन्न प्रतिवेदनले सुझाव दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4