+
+
Shares

केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केदार घिमिरेको नयाँ सिनेमाको टिजर सोमबार सार्वजनिक भयो, जसले उनको भिन्न स्वरुप देखाउँछ।
  • ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिनेछन्, र टिजरमा नयाँ स्वरुपमा प्रस्तुत भएका छन्।
  • सिनेमाको निर्देशन ऋषि लामिछानेले गरेका हुन् र भदौ ६ मा नेपाल र विदेशमा प्रदर्शन हुने योजना छ।

१६ असार, काठमाडौं । ‘हल्का रमाइलो’ भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे पूरा रमाइलो गराउने बाचासहित हलमा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सोमबार सार्वजनिक टिजरले यस्तै संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ ।

केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने त्यति धेरै खुलाएको छैन ।

केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।

आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् ।

आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ ।

टिजर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?