
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहानले सामाजिक सञ्जालमा भइरहेको अपमानजनक टिप्पणीविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन्।
- उनले भने, 'यो लडाइँ मेरो मात्र हैन, चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन।' र अन्यलाई पनि कानुनी सहायता लिन आह्वान गरेकी छन्।
- साइबर ब्यूरोले अनुसन्धान सुरु गरी सामाजिक सञ्जालमा गरिएका चरित्र हत्या र दुरुपयोगप्रति कडाइका साथ कारबाही गर्ने जनाएको छ।
१६ असार, काठमाडौं । लोकप्रिय गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत भइरहेको अपमानजनक र अभद्र टिप्पणीहरू विरुद्ध साइबर ब्यूरोमा औपचारिक उजुरी दिएकी छन्।
एलिनाले पछिल्लो केही समयदेखि आफ्नो फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक प्लेटफर्महरूमा अज्ञात व्यक्तिहरूद्वारा निरन्तर नकारात्मक, अमर्यादित र चरित्र हत्या गर्ने खालका कमेन्टहरू भइरहेको गुनासो गर्दै कानुनी बाटो रोजेकी हुन्।
उनी लेख्छिन्: ‘यो लडाइँ मेरो मात्र हैन, चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन। साथ दिनु होला सबैले।’ यस सन्देशमार्फत उनले यस्तो व्यवहारको शिकार बनेका अन्यलाई पनि डर नमान्न र कानुनी सहायता लिन आह्वान गरेकी छन्।
एलिनाले पछिल्लो समय आफ्ना सामाजिक सञ्जालका पोस्टहरूमा गरिएका आपत्तिजनक कमेन्टहरू र ती व्यक्तिहरूका प्रोफाइल फोटोहरू सहित सार्वजनिक गर्दै आएकी छन्, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र समर्थन पाएको छ।
साइबर ब्यूरोले यस प्रकरणमा अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले साइबर अपराध अन्तर्गत सामाजिक सञ्जालमा गरिने चरित्र हत्या, गालीगलौज र दुरुपयोगप्रति कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ।
प्रतिक्रिया 4