+
+
Shares

यस्ता छन् आवास कर्जामा ग्लोबल आईएमई बैंकका उद्देश्य र मापदण्ड

ग्लोबल आईएमई बैंकजस्ता अग्रणी वाणिज्य बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विविध आवास कर्जा योजनाहरू प्रस्तुत गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले आवास कर्जा योजनाहरू उपलब्ध गराउँदै आएको छ।
  • आवास कर्जाका लागि सम्पत्तिको कानुनी स्वामित्व र सडकको पहुँच आवश्यक छ।
  • कर्जा सीमा, योग्यता र भुक्तानी मापदण्डहरू स्पष्ट रूपमा निर्दिष्ट गरिएका छन्।

काठमाडौं । हरेक नागरिकको एउटा महत्त्वपूर्ण आकांक्षा भनेको आफ्नै घरजग्गाको स्वामित्व प्राप्त गर्नु हो । यो आकांक्षा साकार पार्न विभिन्न बैंक तथा वित्तीय संस्थाले आवास कर्जा (होम लोन) लगायत वित्तीय उत्पादन उपलब्ध गराउँदै आएका छन् ।

यी संस्थामध्ये ग्लोबल आईएमई बैंकजस्ता अग्रणी वाणिज्य बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विविध आवास कर्जा योजनाहरू प्रस्तुत गरिरहेका छन् । यो कर्जा विशेषगरी आवासीय प्रयोजनका लागि घर, जग्गा वा अपार्टमेन्ट खरिद गर्न वा निर्माण गर्नका लागि प्रदान गरिन्छ । तथापि, यस्तो कर्जा प्राप्त गर्नका लागि के–कस्ता कानुनी, प्राविधिक र आर्थिक मापदण्डहरू पूरा गर्नुपर्छ भन्ने विषयमा स्पष्ट जानकारी हुनु अपरिहार्य छ ।

यो लेखमा आवास कर्जाका लागि आवश्यक योग्यता, उद्देश्य, सम्पत्तिको कानुनी सर्तहरू, कर्जा प्रवाह र भुक्तानी प्रक्रियाबारे विस्तृत रूपमा चर्चा गरिको छ ।

आवास कर्जाका मुख्य उद्देश्य

बैंक तथा वित्तीय संस्थाहरूले आवास कर्जाका लागि ऋणीको आम्दानीको स्रोत र धितोको रूपमा राखिने घरजग्गाको मूल्यांकनलाई मुख्य आधार मान्छन् । यस कर्जाको प्राथमिक उद्देश्य आवासीय प्रयोजनका लागि घरजग्गाको खरिद वा निर्माण हो । आवास कर्जा निम्न प्रमुख उद्देश्यहरूका लागि प्रदान गरिन्छ स्

आवासीय जग्गा खरिद : आवासीय भवन निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गर्नका लागि ।

व्यक्तिगत घर/आवासीय अपार्टमेन्ट/फ्ल्याट खरिद : तयार भइसकेका वा निर्माणाधीन व्यक्तिगत घर, अपार्टमेन्ट वा फ्ल्याट खरिद गर्न । ग्लोबल आईएमई बैंक लगायतका वित्तीय संस्थाहरूले अपार्टमेन्ट खरिदका लागि विशेष योजनाहरू उपलब्ध गराउँछन् ।

भवन मर्मत/परिष्करण/विस्तार : हालको आवासीय भवनको मर्मतसम्भार, परिमार्जन वा विस्तार गर्नका लागि ।

घर निर्माण गर्न : आवासीय भवन निर्माण गर्ने उद्देश्यका लागि ।

पुनर्कर्जा : पहिल्यै खरिद वा निर्माण गरिसकेको आवासीय जग्गा वा भवनको पुनरकर्जा (रिफाइनान्सिङ) वा इक्विटी फाइनान्सिङ गर्न यसअन्तर्गत जग्गा वा भवन खरिद–निर्माणका क्रममा सिर्जना भएका ऋणहरू भुक्तानी गर्न पनि सकिन्छ ।

लोन स्वाप : एउटा बैंक वा वित्तीय संस्थाबाट कुनै ग्राहकको घर कर्जा अर्को बैंक वा वित्तीय संस्थामा सार्नका लागि । यसमा नयाँ संस्थाले ग्राहकको बाँकी ऋण रकम तिरिदिन्छ र सो ऋणलाई आफ्नो संस्थामा ल्याउँछ । ग्राहकले अब नयाँ संस्थालाई किस्ता तिर्नुपर्ने हुन्छ ।

सम्पत्ति सम्बन्धी सर्त

आवास कर्जाका लागि धितोको रूपमा राखिने सम्पत्तिले निम्न सर्तहरू पूरा गर्नुपर्ने हुन्छ :

कानुनी स्वामित्व तथा हकभोग : धितो राखिने सम्पत्तिको कानुनी स्वामित्व वा हकभोग मा कुनै पनि प्रकारको विवाद वा द्विविधा हुनुहुँदैन । सम्पत्तिको स्वामित्व स्पष्ट र निर्विवाद हुनुपर्छ ।

स्वीकृति तथा इजाजत : भवन वा अन्य कुनै पनि प्रकारका संरचनाहरू निर्माण गर्दा प्रचलित कानुन र प्रावधानअनुसार सम्बन्धित सरकारी निकायहरूबाट आवश्यक स्वीकृति र इजाजत प्राप्त भएको हुनुपर्छ ।

अनिवार्य सेटअफ : प्रचलित सरकारी नीति र कानुन अनुसार विद्युत लाइन, नदी, अन्य जलधारा, राजकुलो, राजमार्गरसडक, संरक्षण क्षेत्रजस्ता सार्वजनिक सुविधा क्षेत्रहरूबाट तोकिएको अनिवार्य सेटअफको दूरी स्पष्ट रूपमा कायम गरिएको हुनुपर्छ । यसबाट सम्पत्तिमा कुनै पनि प्रकारको बाधा नहुने सुनिश्चित हुनुपर्छ ।

सडकको पहुँच : धितो राखिने जग्गा–भवनमा कम्तीमा मोटरबाटोको प्रत्यक्ष पहुँच हुनुपर्छ ।

कर्जा प्रवाहका मापदण्ड

ग्लोबल आईएमई बैंकले विभिन्न प्रयोजनका लागि घर कर्जा सुविधा प्रदान गर्दै आएको छ । कर्जा सीमा सम्बन्धी प्रावधानहरू निम्नानुसार छन् :

जग्गा वा घरजग्गा खरिदका लागि : मूल्यांकनकर्ताले निर्धारण गरेको बजार मूल्यको ६० प्रतिशतभन्दा बढी कर्जा उपलब्ध गराइने छैन ।

अपार्टमेन्ट खरिदका लागि : विकासकर्ताले प्रस्तुत गरेको बिजक मूल्यको ६० प्रतिशतभन्दा बढी कर्जा उपलब्ध गराइने छैन ।

भवन निर्माणका लागि : मूल्यांकनकर्ताले प्रमाणित गरेको निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने छ ।

यद्यपि, कुल सम्पत्तिको बजार मूल्यको अधिकतम ६० प्रतिशत लोन टु भ्यालु (एलटीभी) अनुपात कायम गर्नुपर्नेछ ।

पहिलो घर कर्जाको हकमा : मूल्यांकनकर्ताले निर्धारण गरेको बजार मूल्य वा विकासकर्ताले प्रस्तुत गरेको बिजक मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने छ ।

(पहिलो घर कर्जाका लागि आवश्यक योग्यता नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार निर्धारण गरिन्छ ।)

लोन स्वाप : अन्य बैंक वा वित्तीय संस्थाबाट लिएको कर्जा स्वाप गर्दा बाँकी रहेको ऋण रकमको प्रिन्सिपल एमाउन्ट १०० प्रतिशतसम्म भुक्तानी गर्न सकिन्छ । यद्यपि, कुल सम्पत्तिको बजार मूल्यको अधिकतम लोन टु भ्यालु अनुपात कायम गर्नुपर्ने छ ।

निर्माण सम्पन्न भएपछि वा सम्बन्धित निकायबाट प्राप्त भएपछि बैंकमा निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनुपर्ने छ ।

पहिलो घर खरिदकर्ता

पहिलो पटक घर वा अपार्टमेन्ट खरिद गर्नेहरूका लागि स्थिर सम्पत्ति धितोको उचित बजार मूल्य (एफएमभी) वा विकासकर्ताद्वारा प्रमाणित खरिद मूल्य–बिजकको ७० प्रतिशतसम्म एलटीभी अनुपात लागु हुनेछ । यसका लागि निम्न सर्तहरू पूरा हुनुपर्छ :

कर्जाका लागि प्रस्ताव गरिएको घर/अपार्टमेन्ट ऋणी स्वयंले आवासीय प्रयोजनका लागि प्रयोग गर्ने र भवन/अपार्टमेन्टको क्षेत्रफल ३ हजार वर्ग फिटभन्दा बढी नहुने ।

आवेदकले अहिलेसम्म कुनै पनि बैंक वा वित्तीय संस्थाबाट घर/अपार्टमेन्ट कर्जा नलिएको स्वःघोषणा गर्नुपर्ने छ र यसलाई कर्जा सूचना कम्पनी लिमिटेड रिपोर्टबाट प्रमाणित गरिने छ ।

उक्त घर/अपार्टमेन्टबाट प्राप्त हुने सम्भावित भाडा आम्दानीलाई कर्जा चुक्ताको आम्दानीको स्रोतका रूपमा मानिने छैन ।

यस्तो ऋणको अधिकतम सीमा २ करोडभन्दा बढी हुने छैन ।

ऋण–आय अनुपात

मासिक किस्ता भुक्तानी (ईएमआई) वा त्रैमासिक किस्ता (ईक्यूआई) ऋणीको कुल आम्दानीको ७० प्रतिशतभन्दा बढी हुनुहुँदैन । यी मापदण्ड नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार निर्धारण गरिएका हुन्छन् ।

निष्कर्षमा भन्नुपर्दा आवास कर्जा आफ्नै घरजग्गाको सपना साकार पार्नका लागि एक महत्वपूर्ण वित्तीय स्रोत हो । उपर्युक्त योग्यता, उद्देश्य, सर्तहरू र भुक्तानी मापदण्डहरूलाई ध्यानमा राख्दै सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग परामर्श गर्दा आफ्नो आवश्यकताअनुसारको कर्जा प्राप्त गर्न सहज हुनेछ ।

ग्लोबल आईएमई बैंक लगायतका संस्थाहरूले प्रदान गरिरहेका विभिन्न कर्जा योजनाहरूबारे विस्तृत जानकारीका लागि आफ्नो नजिकको शाखामा सम्पर्क राख्न वा बैंकको वेबसाइटमा अवलोकन गर्न सकिने छ ।

ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न योजनाहरू अन्तर्गत घर कर्जा सुविधा प्रदान गर्दै आएको छ । ती योजनामध्ये ‘निश्चिन्त आवास योजना’ आवासीय भवन निर्माण, खरिद, पुनर्निर्माण तथा मर्मत–सम्भारजस्ता सबै प्रयोजनका लागि उपयुक्त मानिन्छ । त्यस्तै, वातावरणप्रति उत्तरदायी सोचलाई प्रोत्साहन गर्न ‘ग्लोबल ग्रिन होम लोन’ योजना ल्याइएको छ, जसअन्तर्गत वातावरणमैत्री प्रविधि तथा सामग्री प्रयोग गरी घर निर्माण वा खरिद गर्न चाहने ग्राहकहरूलाई विशेष कर्जा सुविधा उपलब्ध गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?