+
+
Shares

पहिरो खसेपछि बीपी राजमार्गमा दुईतर्फी आवागमन अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १९:३०

१६ असार, काभ्रे । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्केमा लेदोसहित आएको पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार साँझ ५ बजेतिर वर्षासँगै लेदोसहित खसेको पहिरोले बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।

अवरुद्ध भएको राजमार्गलाई ट्राफिक प्रहरी, नेपाल प्रहरी र सडक विभागको सहकार्य तथा समन्वयमा खुलाउने प्रयास जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?