+
+
Shares

जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १३:२२

२० असार, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?