+

त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडानको काम सुरु

२०८२ असार  २२ गते १५:०६ २०८२ असार २२ गते १५:०६
Shares
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडानको काम सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ।
  • सिट जडानको काम पनि सुरु भएको छ ।
  • हालसम्म कामको प्रगति प्यारापिटमा ७० प्रतिशत र फ्लडलाइटमा ४० प्रतिशत रहेको छ।

२२ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्दै गरेको प्यारापिटमा सिट जडानको काम सुरु गरिएको छ ।

रङ्गशालालाई अन्तरराष्ट्रिय स्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन मिल्नेगरी गत फागुनदेखि प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम सुरु भएको हो ।

यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् ।

प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।

यसअघि असारको पहिलो सातादेखि सिट नडान गर्ने हिसाबले तयारी गरिएपनि विविध कारणले गर्दा सिट जडानको काम केही ढिलोगरी सुरु भएको हो ।

त्रिवि क्रिकेट मैदान

धेरै कमेन्ट गरिएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय