+
+
Shares

संसदीय समितिका माननीयलाई भेडाबाख्रा बनाउन खोजियो : देवेन्द्र पौडेल

उनले प्रश्‍न गर्दै भने, ‘शिक्षा समितिको बैठक कहाँ घुमिरहेको छ ? यो संसदीय समिति हो। यहाँ पार्टीको कुनै ह्विप लाग्दैन। तर समितिको माननीयलाई भेडाबाख्रा बनाउन खोजियो, त्यो बनाउन मिल्दैन।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा समितिका सदस्यहरूलाई भेडाबाख्रा बनाउन खोजिएको आरोप लगाए।
  • उनले समितिको बैठकमा पार्टीको ह्विप नलाग्ने र छिटो निर्णय गर्नुपर्ने माग गरे।
  • विद्यालय शिक्षा विधेयक चाँडै टुंगो लगाउन उनको माग थियो।

२२ असार, काठमाडौं। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा समितिका माननीयलाई भेडाबाख्रा बनाउन खोजिएको आरोप लगाएका छन् ।

आइतबार शिक्षा समितिको बैठकमा बोल्‍दै पौडेलले संसदीय समितिमा कुनै पार्टीको ह्विप नलाग्ने भन्‍दै आपत्ति जनाए ।

उनले प्रश्‍न गर्दै भने, ‘शिक्षा समितिको बैठक कहाँ घुमिरहेको छ ? यो संसदीय समिति हो। यहाँ पार्टीको कुनै ह्विप लाग्दैन। तर समितिको माननीयलाई भेडाबाख्रा बनाउन खोजियो, त्यो बनाउन मिल्दैन।’

उनले समितिको बैठकमा छिनछिनमा निर्णय फेर्ने मान्य नभएको भन्‍दै विद्यालय शिक्षा विधेयक चाँडै टुंगो लगाउन माग गरे । ‘छिनछिनमा निर्णय फेर्ने यो मान्य भएन ।विधेयक चाँडै टुंगो लगाइयोस्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?