
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले मोरङको रंगेलीमा गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
- पक्राउ परेकाहरुको साथबाट ४२५ ग्राम ब्राउन सुगर बरामद भएको हो।
- थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ असार, विराटनगर । मोरङको रंगेलीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो १ राउन्ड हवाइ फायर गरी रगेलीबाट तीन जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४२५ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
‘हवाइ फायर गरी ३ जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भनिन्, ‘४२५ ग्राम खैरो हिरोइज जस्तो बस्तु भेटिएको छ, थप अनुसन्धान गर्दैछौं ।’
लागुऔषध करोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट पनि टोली आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4