+

गिलको कप्तानीमा भारतलाई ऐतिहासिक सफलता

२०८२ असार  २२ गते २२:२५ २०८२ असार २२ गते २२:२५
गिलको कप्तानीमा भारतलाई ऐतिहासिक सफलता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले दोस्रो टेस्टमा ३३६ रनले जित हासिल गरी ऐतिहासिक सफलता प्राप्त गर्‍यो।
  • गिलले पहिलोपटक कप्तानको रूपमा पहिलो जित र टेस्ट इतिहासमा २५० र १५० रन बनाउने कीर्तिमान बनाएका छन्।
  • भारतले श्रृंखलामा १-१ को बराबरी गरेको छ, पहिलो टेस्टमा इंग्ल्याण्डले जितेको थियो।

२२ असार, काठमाडौं । इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा भारतले ऐतिहासिक सफलता हासिल गरेको छ । एजबास्टनमा भएको खेलमा इंग्ल्याण्डलाई ३३६ रनले हराउँदै भारतले उक्त मैदानमा पहिलो जित दर्ता गरेको हो। यो शुभमन गिलको कप्तानको रूपमा पनि पहिलो जित हो।

पहिलो इनिङमा ५८७ रनमा अलआउट भएर जवाफमा इंग्ल्याण्डलाई ४०७ रनमा अलआउट गरेको भारतले दोस्रो इनिङमा ४२७-६ को स्थितिमा इनिङ्स घोषणा गर्दै ६०७ रनको अग्रताका साथ इंग्ल्याण्डलाई ६०८ रनको विशाल लक्ष्य दिएको थियो।

पहिलो इनिङमा २६९ रन बनाएका गिलले दोस्रो इनिङमा १६१ रन बनाए । इंग्ल्याण्डका लागि पहिलो इनिङमा ह्यारी ब्रुकले १५८ तथा जेमी स्मिथले अविजित १८४ रन बनाएका थिए । यद्यपी इंग्ल्याण्ड धेरैले पछाडि नै रह्यो ।

६०८ रनको लक्ष्य पछ्याउँदा पाँचौं दिनको सुरुवात वर्षाले केही समय रोकिए पनि खेल सुरु भएको थियो। इंग्ल्याण्डले ७२-३ को अवस्थाबाट खेल्न सुरु गर्‍यो तर नियमित अन्तरालमा विकेट गुमाउँदै २७१ रनमै अलआउट भयो। जेमी स्मिथले ८८ रन बनाए, तर टिमलाई हारबाट जोगाउन सकेनन्।

भारतका लागि आकाश दीपले शानदार प्रदर्शन गर्दै ६ विकेट लिए। मोहम्मद सिराज, रविन्द्र जडेजा, वासिङटन सुन्दर र प्रसिध कृष्णाले एक-एक विकेट लिए।

गिलले टेस्ट इतिहासमा पहिलोपटक एउटै खेलमा २५० र १५० रन बनाउने कीर्तिमान पनि बनाए।

यो जितपछि भारतले श्रृंखलामा १-१ को बराबरी गरेको छ । पहिलो टेस्टमा इंग्ल्याण्डले ५ विकेटको शानदार जित निकालेको थियो ।

भारतीय क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय