+
+
Shares

देउवालाई गगनले भने : पार्टीभित्र अनुशासनहीनताले पराकाष्ठा नाघ्यो

पार्टी केन्द्रीय समिति बैठकमै केही दिन अघि पूर्वमन्त्री मोहनबहादुर बस्नेत महामन्त्री थापा विरुद्ध खनिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १९:४७
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अनुशासनहीनताले पराकाष्ठा नाघेको बताएका छन्।
  • उनले सभापति शेरबहादुर देउवाकै सामुन्ने पार्टीभित्र अनुशासन कायम हुन नसकेको बताएका हुन्।

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अनुशासनहीनताले पराकाष्ठा नाघेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालाई दलभित्र अनुशासन नरहेको बताए ।

‘सभापतिजी यहाँ हुनुहुन्छ, पार्टीभित्र अनुशासनहीनताले पराकाष्ठा नाघेको छ, त्यसैले अनुशासनहीनतालाई पनि चेक गर्नुपर्नेछ,’ थापाले भने ।

पार्टीभित्र अनुशासनहीनता भइराखे भविष्यमा सबैलाई समेटेर लैजान कठिन हुने उनले बताए ।  विधि, विधान, परम्परा रहेको हुँदा त्यसको परिपालन गर्न उनले नेताहरुलाई सुझाव दिए ।

‘हामी कानूनको शासनमा विश्वास गर्छौं, निर्दोष फस्नुहुँदैन, यदि कोही दोषी छ भने, कानूनका आधारमा कारबाही हुनुपर्छ र कांग्रेस भएको आधारमा उन्मुक्ति पाउनुहुँदैन,’ उनले भने ।

पार्टी केन्द्रीय समिति बैठकमै केही दिन अघि पूर्वमन्त्री मोहनबहादुर बस्नेत महामन्त्री थापा विरुद्ध खनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?