
News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बईमा, ‘कान्तारा : च्याप्टर १’ फिल्म असोज १६ गते प्रदर्शन हुने तय भएको छ।
- ऋषभ शेट्टीको जन्मदिनमा निर्माताले नयाँ पोस्टर सार्वजनिक गरे र फिल्मको शुभकामना दिए।
- फिल्म गान्धी जयन्तीमा विश्वभर रिलिज हुनेछ र यसले हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषामा समेत प्रदर्शन पाउनेछ।
मुम्बई । साउथ अभिनेता ऋषभ शेट्टीको फिल्म ‘कान्तारा : च्याप्टर १’ आउँदो असोज १६ गते (अक्टोबर २)मा प्रदर्शन हुने भएको छ । अभिनेताको जन्मदिनमा निर्माताले सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका छन् ।
उक्त मिति विजयादशमी अर्थात दशैंको टीकाको दिन पर्छ । पोस्टरमा ऋषभ एक योद्धाको भूमिकामा देखिएका छन् । लामो कपाल र दाह्री भएको लुकमा, उनी चारैतिरबाट आगो र तीरहरूले घेरिएका र ढाल र बन्चरोले आफूलाई बचाइरहेका देखिन्छन् ।
ऋषभको जन्मदिनको अवसरमा, फिल्मका निर्माता होम्बाले फिल्म्स र ऋषभले इन्स्टाग्राममा संयुक्त पोस्टर जारी गरेका हुन् । ऋषभ शेट्टीलाई जन्मदिनको शुभकामना दिँदै निर्माताहरूले लेखे- ‘जहाँ किंवदन्तीहरू जन्मन्छन् र जंगली जनावरहरू गर्जन्छन् । लाखौंलाई प्रभावित पार्ने उत्कृष्ट कृति ’कान्ताराको प्रिक्वेल ।’
कन्नड भाषाको यो फिल्म गान्धी जयन्तीको अवसरमा विश्वभर रिलिज हुनेछ । यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषामा पनि रिलिज हुनेछ ।
फिल्मको कुरा गर्दा, ’कान्तारा’ २०२२ सालमा आएको थियो । यो फिल्म बक्स अफिसमा ठूलो हिट भएको थियो । १४ करोड भारुको लागतमा बनेको थियो, तर यसले बक्स अफिसमा ४०० करोडभन्दा बढीको व्यापार गर्यो । फिल्ममा ऋषभ शेट्टी दोहोरो भूमिकामा देखिएका थिए । यस फिल्मका लागि ऋषभले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।
प्रतिक्रिया 4