+
+
Shares

काठमाडौंमा थिए रसुवाका सीडीओ र डीएसपी, हेलिकप्टरमा फर्किँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ८:१४

२४ असार, काठमाडौं । चीनतर्फ आएको बाढीले रसुवामा क्षति पुर्‍याएका बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरीका प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा रहेको पाइएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि उनीहरु काठमाडौं आएका थिए । गृह स्रोतका अनुसार, राति बाढीको खबर आएलगत्तै प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई जिल्लातर्फ जान सहजीकरण गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई रसुवा पठाइएको एक अधिकारीले बताए । तर, बिहान उडेको हेलिकप्टर रसुवामा अवतरण गर्न नसकेर नुवाकोटमा अवतरण गरेको छ ।

गएराति आएको बाढीले नेपाल-चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ ।  रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।

अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?