
News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सको दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’को तेस्रो सिजनले पहिलो सातामै ६०.१ मिलियन भ्यूज प्राप्त गरी विश्वव्यापी इतिहास रचे।
- सिजन ३ ले ‘प्लेयर ४५६’ को पुनरागमनले प्रशंसा पाएको छ र चाँडै नै नेटफ्लिक्सको सबैभन्दा धेरै हेरिएको गैर-अंग्रेजी टिभी कार्यक्रम बन्यो।
- सामान्यतया, ‘स्क्विड गेम’ र दक्षिण कोरियाली फिल्महरू विश्वव्यापी लोकप्रियता प्राप्त गरिरहेका छन्।
काठमाडौं । नेट्फिल्क्स सिरिज ‘स्क्विड गेम’को तेस्रो तथा अन्तिम सिजनले रिलिजको पहिलो सातामै विश्वभर इतिहास रचेको छ । सबै देशको ट्रेन्डिङमा शीर्षस्थान ओग्टदै यो दक्षिण कोरियाली सिरिजले प्रिमियर सातामा कीर्तिमान रचेको हो ।
केवल तीन दिनमा, सिजन ३ ले ६०.१ मिलियन भ्यूज प्राप्त गर्यो । सिजन २ र ३ को द्रुत सफलताले स्क्विड गेमलाई यसको पहिलो हप्तामा सबैभन्दा लोकप्रिय सूचीमा स्थान बनाउने एक मात्र शो बनायो ।
‘प्लेयर ४५६’ को रूपमा ली जंग-जेको पुनरागमनले ‘सबै समयको उत्कृष्ट टेलिभिजन प्रस्तुति’मध्ये एकको रूपमा प्रशंसा पायो । जबकि सिजन ३ चाँडै नै नेटफ्लिक्सको नवौं सबैभन्दा धेरै हेरिएको गैर-अंग्रेजी टिभी कार्यक्रम बन्यो ।
अघिल्ला दुवै सिजनले गत हप्ता गैर-अंग्रेजी टिभीमा शीर्ष १० मा स्थान बनाएका थिए । सिजन २ नम्बर ३ (२८ लाख भ्यू) र सिजन १ नम्बर ६ (१७ लाख भ्यू)मा आएका थिए, जसले निर्माता र निर्देशक ह्वाङ डोङ-ह्युकको व्यापक रूपमा लोकप्रिय कोरियाली नाटकलाई विश्वको सबैभन्दा ठूलो टिभी कार्यक्रमको रूपमा बलियो बनायो ।
रोचक के छ भने, नेटफ्ल्क्सिमा यससाता धेरै हेरिने फिल्ममा पनि दक्षिण कोरियाली फिल्म छ । समीक्षात्मकरुपमा निकै रुचाइएको एनिमेटेड फिल्म ‘केपप डेमन हन्टर्स’ अंग्रेजी फिल्मतर्फको सूचीमा नम्बर १ स्थानमा स्ट्रिम भैरहेको छ ।
‘हन्टर एक्स’ चाँडै नै विश्वव्यापी हिट भयो, किनकि यो फिल्म दोस्रो हप्तामा थप २ करोड ४२ लाख भ्यूजका साथ सबै देशहरूमा शीर्ष १० मा हेरिएको छ । जबकि यसको गीति एल्बमले वर्षको सबैभन्दा ठूलो साउन्डट्रयाकको रुपमा डेब्यु गरिसकेको छ ।
यससाता नेटफ्ल्क्सिमा धेरै हेरिएका गैरअंग्रेजी सिरिज (सूची)
१) स्क्विड गेम : सिजन ३
२) ओलिम्पो : सिजन १
३) स्क्विड गेम : सिजन २
४) द गे्रट इण्डियन कपिल शो : सिजन ३
५) आवर अनरिटन सियोल : लिमिटेड सिरिज
६) स्क्विड गेम : सिजन १
७) ला पाल्मा : लिमिटेड सिरिज
८) रोजारियो तिजेरस
९) मर्सी फर नन
१०) द मेनी डेथ्स नोरा डाल्मास्सो
प्रतिक्रिया 4