
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चिकित्सक संघले उठाएका मुद्दा सम्बोधन गर्न स्वास्थ्य, कानुन र उद्योग मन्त्रीहरूबीच छलफल भइरहेको छ।
- चिकित्सकहरूले असन्तुष्टि जनाउँदै आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन्।
- चिकित्सकहरूले प्रमाणपत्र इमेलमार्फत संकलन गरी मंगलबार बेलुकासम्म मेडिकल काउन्सिललाई लाइसेन्स बुझ्ने तयारी गरेका छन्।
२४ असार, काठमाडौं । नेपाल चिकित्सक संघले उठाएका मुद्दा सम्बोधन गर्नका लागि स्वास्थ्य, कानुन र उद्योगमन्त्री छलफलमा जुटेका छन् ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल चलिरहेको हो ।
उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज पनि आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् ।
डा. कार्कीका अनुसार चिकित्सकको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको छ । मंगलबार बेलुका नै मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी छ ।
चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले चिकित्सकहरूको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको र मंगलबार बेलुकासम्म मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4