
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले असार २७ मा काठमाडौंमा हुँदैछ।
- प्रतियोगिताले युवापुस्तालाई लक्षित गरी सामग्री सिर्जनामा प्रोत्साहन गर्दछ।
काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले आगामी शुक्रबार (२७ असार) मा हुँदैछ । फिनालेमा देशभरिबाट छानिएका उत्कृष्ट ५० क्रिएटरमध्ये उत्कृष्ट एक पुरस्कृत हुनेछन् ।
निर्णायकमण्डलले आइतबार आफ्नो रिभ्यु सेसन सकेको एनसेलले जनाएको छ । निर्णायकमण्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मोनायक कार्की छन् ।
कन्टेन्ट क्रिएसनमा लागेका विशेषगरी युवापुस्तालाई आकर्षण गर्ने उद्देश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने क्रिएटरले पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउने छ ।
सहभागी प्रतियोगीलाई चर्चित क्रिएटर तथा यस प्रतियोगिताका मेन्टर सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा र एकता तन्डुकारले मार्गदर्शन प्रदान गरेका छन् । सहभागीले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीति लगायत बारे प्रशिक्षण पाएका थिए ।
प्रतियोगिता सञ्चालनको तालिका अनुसार लिग अफ क्रिएटर्सका ५ मेन्टरले छानेका उत्कृष्ट ५० जनालाई मेन्टरसिप प्रदान गरिसकेपछि निर्णायकमण्डलले आफ्नो रिभ्यु गरेको हो ।
सिमोश सुनुवार, चलचित्र निर्देशक
‘सबै भिडियो इम्प्रेसिभ लाग्यो । प्रोफेसनलदेखि एम्मेच्योर लेभलसम्मको भएकाले केही भिन्नता छन् तर केही भिडियो यस्ता छन् जसले हामी सबै निर्णायकलाई राम्रो छाप छाडेको छ,’ सुनुवारले भने ।
उनी एक प्रखर भिजुअल स्टोरीटेलर हुन् । उनले आफ्नो सिर्जनात्मक यात्रा संगीतबाट सुरु गरेका थिए र हाल उनी चलचित्र निर्माण जगतमा व्यस्त छन् ।
उनले ‘रोडिज नेपाल’ र ‘सार्क ट्यांक नेपाल’ जस्ता रियालिटी शो कार्यक्रममा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
माइक हार्कर, सार्वजनिक मामिला प्रमुख, अमेरिकी राजदूतावास
‘म विज्ञापन निर्माणको पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । प्रतियोगितामा सहभागी भिडियोका मौलिकता, सिर्जनात्मकता र प्राविधिक गुणस्तर देखेर अत्यन्तै प्रभावित भएको छु । म भविष्यमा पक्कै पनि यस्ता क्रिएटरसँग काम गर्न चाहन्छु,’ उनले भने ।
दूतावासको सञ्चार कार्य लगायत शैक्षिक, सांस्कृतिक तथा आर्थिक अवसरसँग सम्बन्धित कार्यक्रम हेर्ने हार्करले केही महिना अघि इटहरी र पोखरामा आयोजित ‘क्रिएटर्स मेला’ आयोजनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
पुनम सिंह, मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर, एनसेल
‘केही भिडियो साँच्चै राम्रा छन् किनभने ती भिडियोमा स्टोरीटेलिङ उत्कृष्ट थिए, क्यामेरा कार्य पनि राम्रो थियो र सन्दर्भ पनि राम्रोसँग बुझेका थिए । अन्य सहभागीले अझै सुधार गर्ने सम्भावना राख्छन् । मलाई आशा छ सहभागीले भविष्यमा झनै उत्कृष्ट सामग्री ल्याउनेछन्,’ सिंहले भनिन् ।
कन्टेन्ट क्रिएसन आजको अर्थतन्त्रमा सबैभन्दा ठूलो अवसरमध्ये एक हो भन्ने कुरामा उनी दृढ विश्वास गर्छिन् ।
मोनायक कार्की, सीईओ, अपट्रेन्डली
‘यो प्रतियोगितामा हामीले विभिन्न प्रकारका भिडियो कन्टेन्ट पाएका छौं । विजेता को होला भनेर म एकदमै उत्सुक छु किनभने चार जना निर्णायकले यी भिडियोलाई विभिन्न पक्ष जस्तै सिर्जनात्मक पक्ष, प्राविधिक कार्यान्वयन आदि पक्षलाई लिएर मूल्यांकन गरेका छन्,’ कार्कीले भने ।
इन्फ्लुएन्सर मार्केटिङमा ८ वर्षभन्दा बढी अनुभव बटुलेका कार्कीले रणनीति निर्माणदेखि कार्यान्वयनसम्मको नेतृत्व गर्दै १ हजारभन्दा बढी इन्फ्लुएन्सरसँग सहकार्य र १ सयभन्दा बढी ब्रान्डसँग साझेदारी गरेका छन् ।
प्रतिक्रिया 4