+
+
Shares

रिलिज भएको दुई घण्टामै दुर्गेश-सिसनको गीत ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • 'जाने भए जाम माया' गीत आज साँझ रिलिज भएको दुई घण्टामा युट्युब ट्रेन्डिङमा ३ नम्बरमा पर्‍यो।
  • दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीतको भिडियोमा गुँरास नानी पनि देखिएकी छिन्।
  • गीतको शब्द, संगीत दुर्गेश स्वयंले तयार पारेका हुन् र शिव बिकले कोरियोग्राफी तथा निर्देशन गरेका छन्।

२५ असार, काठमाडौं । रिलिज भएको दुई घण्टामा दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत युट्युब ट्रेन्डिङमा परेको छ । आज साँझ रिलिज भएको ‘जाने भए जाम माया’ बोलको गीत युट्युब म्युजिकमा ट्रेन्डिङमा परेको हो ।

दुर्गेश थापाको युट्युब च्यालनमा राखिएको गीत यो समाचार तयार पार्दा सो गीत ३ नम्बर ट्रेन्डिङमा परिसकेको छ । भ्युज ५१ हजार ७०० भन्दा बढी भइसकेको छ ।

यस गीतको भिडियोमा दुर्गेश/सिसनसँगै गुँरास नानी पनि देखिएकी छिन् । गीतको शब्द, संगीत  दुर्गेश स्वयंको हो ।

स्वरमा दुर्गेश र सिसनसँगै अल्हाजी गेरोले साथ दिएका छन् भने शिव बिकको कोरियोग्राफी तथा निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?