
News Summary
Generated by OK AI. Editorially reviewed.- धर्मपाल सत्यपाल ग्रुप अन्तर्गतको क्याच स्पाइसेसले नेपालमा मसलाहरू ल्याउने घोषणा गरेको छ।
- कम्पनीले अत्याधुनिक लो टेम्प्रेचर ग्राइन्डिङ प्रविधि प्रयोग गरी उच्च गुणस्तरीय मसला उत्पादन गर्ने जनाएको छ।
- क्याच स्पाइसेसले सेफ सन्तोष साहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ र प्रचार अभियानको योजना बनाएको छ।
२६ असार, काठमाडौं । भारतको प्रमुख एफएमसीजी समूह र मल्टिबिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले अब नेपालमा पनि आफ्ना मसलाहरू ल्याउने घोषणा गरेको छ ।
यो योजनाबद्ध विस्तार मार्फत क्याच स्पाइसेसले आफ्नो शुद्धता, स्वाद र इनोभेसन परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य राखेको छ भने आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति थप मजबुत बनाउने उद्देश्य लिएको छ ।
यसले नेपालको समृद्ध कलिनरी परम्परा र विशिष्ट सांस्कृतिक पहिचान भएको बजारमा ब्रान्डको स्वाभाविक विस्तारलाई संकेत गर्ने कम्पनीको भनाइ छ ।
क्याच स्पाइसेसले नेपाली बजारमा पकवानको वास्तविक स्वाद र सुवास जीवित राख्ने उद्देश्यसाथ स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसला समावेश गरेको छ ।
कम्पनीका अनुसार यस ब्रान्डले अत्याधुनिक लो टेम्प्रेचर ग्राइन्डिङ प्रविधि प्रयोग गर्छ, जसले मसलाको प्राकृतिक बास्ना, तेल, रङ र स्थायित्व जोगाइराख्छ ।
क्याच स्पाइसेस हाल काठमाडौं उपत्यकामा उपलब्ध भइसकेको र चाँडै अन्य क्षेत्रमा पनि विस्तार गरिने कम्पनीले जनाएको छ ।
यो ब्रान्ड भाटभटेनी जस्ता मोडर्न ट्रेड स्टोर, खुद्रा स्टोर, नेपाली सेनाका क्यान्टिन, सामान्य खुद्रा पसल, होटल, रेस्टुरेन्ट, क्याफे तथा दराज जस्ता ई–कमर्स प्ल्याटफर्म मार्फत उपलब्ध हुनेछ ।
डीएस ग्रुप अन्तर्गतको क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले भने, ‘नेपालको प्याकेज्ड मसला उद्योगको हिस्सा बन्न पाउँदा र विशेषगरी यहाँका उपभोक्ताको बदलिँदो प्राथमिकता सम्बोधन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । स्वाद, सुगन्ध र रङमा स्थायित्व भएको उच्च गुणस्तरीय मसलाप्रतिको माग तीव्र रूपमा बढ्दो छ, जुन कुनै पनि परिकारका लागि मुख्य आवश्यकता हो ।’
उनले क्याच स्पाइसेसले आफ्नो विविध पोर्टफोलियो र स्थानीय स्वाद अनुसार विशेष रूपमा तयार गरिएका उत्पादन सहित उपभोक्ताको यी विशिष्ट आवश्यकता पूरा गर्न आदर्श स्थान पाएको बताए ।
‘डीएस ग्रुपको शुद्धता र उत्कृष्टताप्रतिको प्रतिबद्धता अटल छ र हामी विश्वस्त छौं कि नेपाली उपभोक्ताले हाम्रो गुणस्तरको वाचालाई स्वीकार गर्नेछन् र क्याच स्पाइसेसले प्रतिनिधित्व गर्ने वास्तविक स्वादको अनुभव गर्नेछन्,’ उनले भने ।
नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउन क्याच स्पाइसेसले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष साहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
क्याच ब्रान्डसँग आफ्नो संग्लग्नताबारे सेफ साह भन्छन्, ‘एक सेफका हैसियतले गुणस्तरीय मसलाले परिकारमा कस्तो गहिरो असर पार्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । क्याच मसला नेपाल भित्रिनु अत्यन्तै सकारात्मक खबर हो र म विश्वस्त छु कि यसका गुणस्तरीय उत्पादनले घर तथा रेस्टुरेन्टमा छिट्टै स्थान बनाउने छ ।’
क्याच स्पाइसेसले आफ्ना उत्पादन र गुणस्तरलाई लक्षित उपभोक्तासम्म पुर्याउन उच्चस्तरीय प्रचार अभियानको योजना बनाएको छ ।
प्रतिक्रिया 4