+
+
Shares

मधेशका प्रहरी कार्यालयलाई पर्यटनमन्त्रीको पत्र : नाकामा पर्यटकलाई अनुचित व्यवहार नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १८:१५
४४औं विश्व पर्यटन दिवसमा वीरगञ्ज नाका भएर नेपाल प्रवेश गरेका पर्यटकलाई स्वागत गर्दै होटल तथा पर्यटन व्यवसायीहरू/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशको उद्योग तथा पर्यटन मन्त्रालयले भारतीय पर्यटकलाई सीमा नाकामा सुरक्षा जाँचको नाममा अनावश्यक अनुचित व्यवहार नगर्न आग्रह गरेको छ।
  • मन्त्री वसन्त कुशवाहाले ८ वटै जिल्ला प्रहरी कार्यालयलाई पर्यटकहरूसँग आवश्यक सहजीकरण गर्न पत्र पठाएका छन्।
  • मन्त्रालयले भारतबाट आउने पर्यटकलाई सहजीकरण गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ।

२९ असार, जनकपुरधाम । मधेशको उद्योग तथा पर्यटन मन्त्रालयले भारतीय पर्यटकलाई सीमा नाकामा सुरक्षा जाँचको नाममा अनावश्यक अनुचित व्यवहार नगर्न आग्रह गरेको छ ।

मन्त्री वसन्त कुशवाहाले ८ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै पर्यटकहरूसँग आवश्यक सहजीकरण गर्न भनेका हुन् ।

‘…नेपाल घुम्न आउने पर्यटकहरूलाई सीमा नाकामा सुरक्षा जाँचको नाममा अनावश्यक झन्झट दिइने तथा उचित व्यवहार नहुने जस्ता गुनासाहरू आएकोले भारतबाट आउने पर्यटकलाई आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

एकसाता अघि महोत्तरीको भिठामोड नाकामा भारतीय पर्यटकलाई सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

यस्तै नाकाहरूमा जाँचको नाममा प्रहरीले दुःख दिने गरेको गुनासो सुनिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?