+

यू-१७ पुरुष फुटबल टिमको प्रशिक्षकमा सञ्जित सिंह नियुक्त

२०८२ असार  २९ गते १८:३३ २०८२ असार २९ गते १८:३३
यू-१७ पुरुष फुटबल टिमको प्रशिक्षकमा सञ्जित सिंह नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्जित सिंहलाई साफ यू-१७ पुरुष च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
  • अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले सिंहलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
  • सिंहले साफ च्याम्पियनसिपमा नेपाली टिमलाई नेतृत्व दिनेछन् र तयारी प्रक्रिया चाँडै सुरु हुने छ।

२९ असार, काठमाडौं । श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त भएका छन्।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सिंहलाई औपचारिक रुपमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

यसअघि विभिन्न उमेर समूहको राष्ट्रिय टिममा प्रशिक्षण गराइसकेका प्रशिक्षक सिंहले साफ च्याम्पियनसिपमा नेपाली टिमलाई नेतृत्व दिनेछन्।

प्रतियोगिताका लागि तयारी प्रक्रिया चाँडै सुरु हुने छ।

यू-१७ पुरुष फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय