+
+
Shares

चोभारमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १९:३७
प्रतिकात्मक तस्वीर
२९ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा स्थायी घर भइ काठमाडौं महानगरपालिकाको कुलेश्वरमा बस्दै आएका ११ वर्षीय विवेश तामाङ छन् ।

खाल्डोमा डुबेर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गम्भीर अवस्थामा उद्दार गरेर उनलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?