+
+
Shares

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १२:१५
गुल्मी वितरण केन्द्रको भवन ।

३० असारगुल्मी । गुल्मीका धेरैजसो ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ । आइतबार रातिदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

कपिलवस्तुको मोतिपुर नजिकै रहेको १३२ केभी प्रसारण लाइनको टावरमा हावाहुरीका कारण क्षति पुगेपछि गुल्मी वितरण केन्द्रअन्तर्गतको सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरणगुल्मी वितरण केन्द्रका अनुसार प्रसारण लाइनमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र प्रमुख अर्जुन पोखरेलले बताए ।

प्राधिकरणले यस अवस्थाबाट ग्राहक वर्गमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेको छ । विद्युत अवरुद्ध हुँदा प्रशासनिक सेवासञ्चारउद्योगधन्दाघरायसी कार्य लगायत सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

विद्युत प्राधिकरणले समस्या समाधानका लागि प्राविधिक टोली खटाइएको जनाएको छ । पूर्ण मर्मत कार्य सम्पन्न नभएसम्म सेवाग्राहीलाई धैर्य गर्न आग्रह गर्दै केन्द्रले यथाशीघ्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?