+
+
Shares

राजकुमार गुप्ताको अडियोबारे बोल्दा देवेन्द्र पौडेलले सम्झिए गोकुल बास्कोटा

प्रधानमन्त्री केपीजी हुँदैखेरि गोकुल बास्कोटाजी यस्तै कुरा सार्वजनिक हुँदा राजीनामा दिनुभएको थियो’ पौडेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियोबारे सरकारको धारणा मागेका छन्।
  • पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको प्रतिवद्धता स्मरण गर्दै गुप्ताको अडियोमा सरकारबाट जवाफ दिनुपर्ने बताए।
  • उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले योजना ल्याउनुपर्ने आग्रह पनि गरेका छन्।

३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको भनेर सार्वजनिक भएको अडियोबारे सरकारको धारणा मागेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा राजकुमार गुप्ताको अडियोबारे बोल्दा सांसद पौडेलले एमालेकै सांसद गोकुल बास्कोटालाई पनि सम्झिए । प्रश्न उठेपछि बास्कोटाले संचारमन्त्रीबाट राजीनामा दिएका थिए ।

‘घुस लेनदेनको विषयमा केही माननीय मन्त्रीज्यूको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपीजी हुँदैखेरि गोकुल बास्कोटाजी यस्तै कुरा सार्वजनिक हुँदा राजीनामा दिनुभएको थियो’ पौडेलले भने ।

सांसद पौडेलले अहिले आएको गुप्ताको अडियोको सन्दर्भमा सरकारले जवाफ दिनुपर्ने माग दोहोर्‍याए । ‘हामी भ्रष्टाचार गर्दैनौं’ भन्ने प्रधानमन्त्री ओलीको सार्वजनिक प्रतिवद्धता रहेको स्मरण गर्दै उनले भने, ‘शून्य सहनशिलता कहाँ छ ? भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ ? लोकतन्त्रको इमान कहाँ छ ? इथिक्स, मुल्य र मान्यता कहाँ छ ?’

जसले लजे मन लाग्यो त्यही गर्ने प्रवृति रहेको उल्लेख गर्दै उनले मन्त्री गुप्ताको अडियोका सन्दर्भमा सरकारबाट जवाफ आउनुपर्ने बताए । सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने योजना ल्याउनुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?