+
+
Shares

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

यो भिडियोले विश्वासपात्रबाट हुन सक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गत दोस्रो भिडियो सार्वजनिक गरेको छ।
  • भिडियोले घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत सतर्कताका मामलामा नो कम्प्रमाइज भन्ने सन्देश दिन खोजेको छ।
  • कम्पनीले यस अभियानलाई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको जनाएको छ।

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत ‘सतर्कताका मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजिएको छ ।

यो भिडियोले विश्वासपात्रबाट हुन सक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ नामक सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।

यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

‘नो कम्प्रमाइज भन्न जति सजिलो छ, त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ । तर जसले पूरा गर्छ, उसको शिर सधैं ठाडो हुन्छ,’ भन्ने सन्देश मार्फत शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको जनाइएको छ ।

कम्पनीले स्थापनाकालदेखि केवल ओपीसी सिमेन्टमात्र उत्पादन तथा बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?