
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो भएको बताएका छन्।
- सुशासन आयोगको अध्यक्ष भएर पनि प्रधानमन्त्रीले मन्त्रीहरूको घुस लेनदेनको अडियो र भिडियो बाहिर आउँदा सरकारले केही गर्न नसक्नु कमजोर र निरीहता भएको टीप्पणी गरे।
- उनले टीआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् र संक्रमणकालीन न्याय टुंग्याउने विषयमा सरकारसँग कुनै साँठगाँठ नभएको स्पष्ट पारे।
३० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो काम भनेका छन् ।
सोमबार संसद्मा सम्बोधनपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो त लाजमर्दो कुरा भयो, देशकै बेइज्जत भइराखेको छ, सरकारको त कुरै छोडिदिनुस्, लाज पचाएको जस्तो भएको छ ।’
उनले थपे, ‘सुशासन आयोगको अध्यक्ष भनेर सरकार आफैं बस्ने आफ्नै क्याबिनेटका मन्त्रीहरूको खुलेआम अडियो र भिडियो बाहिर आउँदा पनि केही गर्न नसक्ने भनेपछि यो भन्दा कमजोर, लाचार र निरीह सरकार अरु हुनै सक्दैन ।’
प्रचण्डले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टीआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी पनि गरे ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत भदौ ७ गते पारित गरेको थियो ।
उनले टीआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिएको स्मरण पनि गरे ।
प्रचण्डले संक्रमणकालीन न्याय टुंग्याउने कुरामा सरकारसँग केहीपनि साँठगाँठ नगरेको जिकिर गरे ।
‘टीआरसीसँग फेरि विभिन्न प्रकारका अरू-अरू पनि साटिए, बेला बेला कुलमान साटिए भनेर भन्ने चर्चा पनि छ। त्यो होइन। बिल्कुल गलत कुरा हो,’ उनले भने ।
प्रतिक्रिया 4