+
+
Shares

खुल्न सकेन नहरको झाडीमा नग्न अवस्थामा मृत फेला परेकी किशोरीको पहिचान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित नहर किनारमा नग्न अवस्थामा फेला परेको किशोरीको शवको पहिचान गर्न समस्या भएको छ।
  • प्रहरीले शवको कपडा, चप्पल र चिम्टीबाट पहिचान गर्ने प्रयास गरिरहेका छन् र घटनालाई बलात्कारपछि हत्या भएको देखिएको बताइएको छ।
  • शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ र पहिचान खुलेपछि अनुसन्धान सहज हुने प्रहरीले जनाएको छ।

३० असार, विराटनगर । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरको किनारको झाडीमा नग्न अवस्थामा फेला परेकी किशोरीको पहिचान गर्न समस्या भएको छ ।

शनिबार दिउँसो मोरङको बूढीगंगा गाउँपालिका– ६ कोयलपुरस्थित नहरनजिकको घारीमा किशोरीको शव फेला परेको थियो ।  अन्दाजी २० वर्षको जस्तो देखिने शवको अझै पहिचान नखुलेको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ  ।

प्रहरीले अनुहार चिन्न नसकिने भएका कारण किशोरीले लगाएको कपडा र हातको बाला, चिम्टी मार्फत पहिचानको प्रयास गरिरहेको छ ।

प्रहरीका  स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा किशोरीको बलात्कारपछि हत्या भएको देखिन्छ ।

शरीरमाथिको भित्री वस्त्र मात्रै लगाएको अवस्थामा फेला परेको शवको दायाँ बायाँ उनले लगाएको कपडा, चप्पल र चिम्टी फेला परेको थियो ।

हेर्दा तराई मूलको जस्तो देखिने किशोरीको बलात्कारपछि हत्या गरेको जस्तो देखिएको प्रहरी स्रोत बताउँछ ।

‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’  प्रहरी स्रोतले भन्यो,‘ शरीरमा कपडा छैन, शव सडेका कारण अनुहार पनि चिन्न सक्ने अवस्थामा छैन ।’

आसपास दुर्घन्ध फैलिएपछि स्थानीयले हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार लगाएको कपडा र चप्पल हेर्दा  किशोरी धेरै टाढाको जस्तो देखिँदैन । तर मानिस हराएका भन्दै कोही प्रहरी समक्ष पुगेका पनि छैनन् ।

मृतकको पहिचान खुले अनुसन्धान गर्न सहज हुने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?