News Summary
Generated by OK AI. Editorially reviewed.- मछिन्द्र क्लबले विकास थापाको ह्याट्रिक मद्दतमा एन्फा यू-१६ युथ लिगमा भगवती क्लबलाई ६-० ले पराजित गरेको छ।
- मछिन्द्र ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ भने पुलिस १२ अंकसहित दोस्रो स्थानमा छ।
- संकटाले एपीएफ क्लबलाई ६-१ ले पराजित गर्दै ५ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ।
३१ असार, काठमाडौं । विकास थापाको ह्याट्रिक मद्दतमा मछिन्द्र क्लबले एन्फा यू-१६ युथ लिगमा भगवती क्लबलाई ६-० ले पराजित गरेको छ । यो जितपछि मछिन्द्र ५ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा छ ।
मछिन्द्रले अपराजित यात्रा समेत कायम राखेको छ । चार खेलमा चारै जित हात पारेको पुलिस १२ अंकसहित दोस्रोमा छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा विकासले २५औं, ८०औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे ।
राहुल कुमार योन्जनले २०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरे । यस्तै करन दामीले ९०औं मिनेटमा एक गोल गरे ।
मंगलबारै भएको पहिलो खेलमा संकटाले एपीएफ क्लबलाई ६-१ ले पराजित गरेको छ । खेलमा मन्जिल तामाङले पहिलो हाफको इन्जुरी टाइमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर संकटाले दोस्रो हाफमा पुनरागमन गर्दै ६ गोल गरेको हो ।
संकटाका लागि सुमित बालाम्पाकीले ५२औं मिनेटमा बराबरी गोल फर्काए । प्रजल कुमार लुब्रेले ६२औं र ९०औं मिनेटमा गोल गरे । पेम्बा तामाङले ७५औं, आयुश बरमाले ८७औं र नबराज तिरुवाले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे ।
संकटा ४ खेलमा ९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4