+

सप्तरी प्राइड लिगको सेमिफाइनल समीकरण पूरा

२०८२ असार  ३१ गते २१:०९ २०८२ असार ३१ गते २१:०९
सप्तरी प्राइड लिगको सेमिफाइनल समीकरण पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सातौं संस्करणको मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको सेमिफाइनलमा कन्चनरुप राइनोज र खडक वारियर्स प्रवेश गरेका छन्।
  • राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स समूह विजेताका रूपमा अन्तिम चारमा पुगेका छन्।
  • सेमिफाइनल खेल बुधबार हुनेछन् र उपाधि भिडन्त साउन १ गते हुनेछ।

३१ असार, काठमाडौं । सातौं संस्करणको मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार सम्पन्न खेलपछि कन्चनरुप राइनोज र खडक वारियर्स सेमिफाइनलमा प्रवेश गरेका छन्।

यसअघि नै समूह ‘ए’ विजेता राजविराज राजदेवी रोयल र समूह ‘बी’ विजेता तिरहुट टाइगर्स अन्तिम चारमा पुगेका थिए। समूह चरणबाट राजगढ वारियर्स, हनुमाननगर हिरोज, रोयल च्यालेन्जर्स बाह्री वीरपुर र रुपनी राइडर्स बाहिरिएका छन्।

दुवै सेमिफाइनल खेल बुधबार हुनेछन्। पहिलो खेलमा राजदेवी रोयल र खडक वारियर्स, दोस्रो खेलमा तिरहुट टाइगर्स र कन्चनरुप राइनोज खेल्नेछन्। उपाधि भिडन्त साउन १ गते बिहीबार हुनेछ।

आजको पहिलो खेलमा कन्चनरुप राइनोजले हनुमाननगर हिरोजलाई ४ विकेटले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गर्यो। ३८ रनको सामान्य लक्ष्य राइनोजले ८.४ ओभरमा ६ विकेट गुमाएर भेटायो। महानन्द यादवले १४ रन बनाए। बलिङतर्फ सम्भु मण्डल र अभिमन्यु सरदारले समान ४–४ विकेट लिए। प्लेयर अफ द म्याच मण्डल भए।

दोस्रो खेलमा खडक वारियर्सले रोयल च्यालेन्जर्स बाह्री वीरपुरलाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो। १२२ रनको लक्ष्य वारियर्सले १६ ओभरमा २ विकेट गुमाएर भेटायो। सन्तोष कार्कीले ६३ रन र फिर्दोश अन्सारीले ४३ रनको अविजित पारी खेले। अन्सारी अलराउण्ड प्रदर्शनका लागि प्लेयर अफ द म्याच भए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सप्तरी प्राइड लिग क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय