
News Summary
Generated by OK AI. Editorially reviewed.- कियारा आडवाणीले मुम्बईको एचएन रिलायन्स अस्पतालमा जुलाईमा छोरीलाई नर्मल डेलिभरीमार्फत जन्म दिइन् र आमा-बच्चा दुवै स्वस्थ छन्।
- सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले बुधबार इन्स्टाग्राममा छोरी जन्मेको आधिकारिक घोषणा गर्दै आफ्नो खुसी व्यक्त गरे।
- कियाराले गर्भवती घोषणा गरेपछि फिल्म 'डन ३' छोडेकी छन् र अहिले म्याटरनिटी ब्रेकमा छिन्।
मुम्बई । कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन् । कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिइन् ।
कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । उनले नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिइन् । अहिले आमा र बच्चा दुवै स्वस्थ छन् ।
एनडीटीभीको रिपोर्ट अनुसार, कियाराको डेलिभरी अगस्टमा हुनेवाला थियो, जुलाईमै उनले बच्चालाई जन्म दिएकी छन् ।
सिद्धार्थ र कियाराले बुधबार यसबारे आधिकारिक घोषणा गरे । इन्स्टाग्राम पोस्टमा दम्पतीले लेखेका छन्, ‘हाम्रो मन भरिएको छ र हाम्रो संसार सधैंको लागि परिवर्तन भएको छ । हामीले छोरीको आशिर्वाद पाएका छौं ।’
यो खुसीको खबरपछि, फ्यानहरू यो जोडीकी छोरीको पहिलो झलकको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन् । सिद्धार्थ र कियाराले फिल्म ‘शेरशाह’मा सँगै काम गरेका थिए ।
दुवैले सुटिङ सेटमा एकअर्कालाई डेट गर्न थालेका थिए । सिद्धार्थ र कियाराले ७ फेब्रुअरी २०२३ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए ।
फरहान अख्तर निर्देशित फिल्म ‘डन ३’मा रणवीर सिंहसँग कियारा देखिने जनाइएको थियो, तर गर्भवती भएको घोषणा गरेपछि कियाराले फिल्म छोडिन् । उनी अहिले म्याटरनिटी ब्रेकमा छिन् ।
प्रतिक्रिया 4