+
+
Shares
ब्युटी पेजेन्ट :

‘मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्रीको शुभकामना : देशको सौन्दर्य चिनाउने अवसर

नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा यो सौन्दर्य प्रतियोगिता उपयोगी हुने विश्वास उनले लिएका छन् । केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर शुभकामना दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले 'मिस युनिभर्स नेपाल २०२५'लाई शुभकामना दिएका छन्।
  • ओलीले प्रतियोगिताले नेपाललाई चिनाउने अवसर प्रदान गर्ने विश्वास लिएका छन्।
  • आयोजक संस्था ग्लोबल ग्याल्मर भेन्चरले चितवन र पोखरामा अडिसनको तयारी गरिरहेको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिस युनिभर्स नेपाल २०२५’लाई शुभकामना दिएका छन् ।

नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा यो सौन्दर्य प्रतियोगिता उपयोगी हुने विश्वास उनले लिएका छन् । केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर शुभकामना दिएका हुन् ।

‘अन्तर्राष्ट्रियस्तरको मिस युनिभर्स प्रतियागिताको अडिसन दमकमा आयोजना भैरहेको थाहा पाउँदा खुसी लागिरहेको छ’ उनले भनेका छन्, ‘नेपाललाई चिनाउने, नेपालको ब्युटी चिनाउने, नेपालको ट्यालेन्ट चिनाउने, अवसर हो । यस अवसरलाई हाम्रा चेलीले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भैसकेको छ । आयोजक संस्था ‘ग्लोबल ग्याल्मर भेन्चर’की संगीता पुरीका अनुसार चितवन र पोखरामा अडिसनको तयारी छ ।

मिस युनिभर्स नेपालकी निर्देशक पुरीले गतवर्षभन्दा यसवर्ष प्रतियोगीको संख्यामा वृद्धि भएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?