+
+
Shares

सरकारलाई दिएको समर्थन फिर्ता लिन जसपा नेपालले दिएका ११ कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी नेपालले ११ कारण देखाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिएको जनाएको छ।
  • पार्टीले भ्रष्टाचार, अनियमितता, सुशासन अभाव, संघीयता कार्यान्वयन नगर्नु र संविधान संशोधनमा असफलता उल्लेख गरेको छ।
  • जसपा नेपालले अब बिपक्षमा बस्ने निर्णय गरेको छ।

३२ असार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकारले सुशासनको प्रत्याभूति  गराउन नसकेको भन्दै ११ कारण दिएर समर्थन फिर्ता लिएको जनाएको छ ।

जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्रमा लिप्त रहेको ठहर गर्दै सरकारलाई समर्थन गरिरहन नसक्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको जसपा नेपालको निष्कर्ष छ ।

समर्थन फिर्ता लिँदै जसपा नेपालले प्रस्तुत गरेका ११ कारण यस्ता छन् :  

१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।

२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।

३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु । 

४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।

५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।

६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।

७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।

८. मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।

९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।

१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।

११. वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।

आदि कारणले के.पी. शर्मा ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले उक्त समर्थन फिर्ता लिई अब उपरान्त बिपक्षमा बस्ने निर्णय गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?