+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७४ बलमा ४८ रन आवश्यक
विराटनगर किंग्स 2025
100/1 (7.4)
Shares

नेपाल संस्कृत विश्वविद्यालयको बजेट १ अर्ब ३१ करोड स्वीकृत

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा. माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकास सम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १८:४१

३२ असार, काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८औं बैठकले आगामी आर्थिक वर्षका लागि रु १ अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा. माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकास सम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो।

बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतिमा विनय र पात्रता सहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले गुरुकुल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्र स्रोत सुनिश्चित गराउन सातै प्रदेशमा ‘एक विद्यापीठ : एक नमूना गुरुकुल’ को अवधारणा अगाडि ल्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?