+

कोपिला उप्रेती मधेश युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त

२०८२ असार  ३२ गते २१:०८ २०८२ असार ३२ गते २१:०८
कोपिला उप्रेती मधेश युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेष्ट महिला भलिबल लिग टोली मधेश युनाइटेडको मुख्य प्रशिक्षकमा कोपिला उप्रेती नियुक्त भएकी छन्।
  • उपेतीले टिमलाई आत्मविश्वासी बनाएर उपाधि जित्ने लक्ष्य राखेको बताएकी छन्।
  • उनी नेपाली महिला राष्ट्रिय भलिबल टिम र नेपाल पुलिस टिमको कोचिङ स्टाफमा काम गरिसकेकी छन्।

३२ असार, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) टोली मधेश युनाइटेडको मुख्य प्रशिक्षकमा कोपिला उप्रेती नियुक्त भएकी छन् ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेकी उप्रेती इडब्लुभीएलकै पहिलो महिला प्रशिक्षक हुन् । यसअघि मधेशको प्रशिक्षकमा भरत यादव थिए ।

प्रशिक्षक नियुक्त भएपछि उप्रेतीले दोस्रो संस्करणमा मधेशको प्रशिक्षक बन्ने अवसर पाउँदा खुसी लागेको बताइन् । उनले टिमलाई आत्मविश्वासी बनाएर उपाधि जित्ने लक्ष्य राखेको बताइन् ।

कोपिलाले यसअघि नेपाली महिला राष्ट्रिय भलिबल टिम र नेपाल पुलिस टिमको कोचिङ स्टाफमा रहेर काम गरिसकेकी छन् ।

नेपाली राष्ट्रिय टोलीबाट एक दशक भन्दा बढी समय खेलिसकेकी उनले सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १०औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

उनी राष्ट्रिय टिमको उपकप्तान समेत भएकी थिइन् । उनले एफआईभिबी लेभल टु कोचिङ कोर्स गरेकी छिन् ।

कोपिला उप्रेती
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय