
१ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई रास्वपा प्रवेश गरेका छन् ।
बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताले पार्टीमा स्वागत गरिएको घोषणा गरेका हुन् ।
स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् ।
उनले पर्यटन बोर्डको कार्यकाल सकिएलगत्तै पार्टीको सदस्यता लिएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनले आजबाट पार्टीको परिचयमा पनि रेग्मी जोडिएको जानकारी गराउँदै स्वागत गरे ।
अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए ।
रेग्मीले हिमालयन क्लाइमेट सेन्टरमा समेत काम गरेका छन् । पछिल्लो समय वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका रेग्मी आफ्नै ब्यापार व्यवसायमा संलग्न थिए ।
जियोग्राफी (भूगोल)का विज्ञ उनले त्रिभुवन विश्वविद्यालयमा पनि प्राध्यापन गरेका छन् । रेग्मी अटोमोबाइल, पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् ।
उनको काठमाडौंमा चारतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ भने जलविद्युत् आयोजनाहरू पनि सञ्चालन गर्छन् । रेग्मी हिमालय नर्थ फेस लुम्काका अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया 4