+
+
Shares

मोरङ जिल्ला अदालतको एक वर्ष : ६ हजार ४ सय मुद्दा दर्ता, ७ हजार १ सय फैसला

उच्चको फैसला ६० प्रतिशत

अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका र २०८१–०८२ मा दर्ता भएका गरेर १० हजार २ सय २० मुद्दा थिए । ति मध्ये ७ हजार १ सय ३५ मुद्दा फर्स्योट भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १९:४२

१ साउन, विराटनगर । मोरङ जिल्ला अदालतले पछिल्लो एक वर्षमा ७ हजार १ सयबढी मुद्दा फर्स्योट गरेको छ । यो अदालतमा रहेका मुद्दाको करिब ७० प्रतिशत हो ।

अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका र २०८१–०८२ मा दर्ता भएका गरेर १० हजार २ सय २० मुद्दा थिए । ति मध्ये ७ हजार १ सय ३५ मुद्दा फर्स्योट भएको हो ।

जिल्ला अदालत मोरङमा १३ जना न्यायाधीशको दरबन्दी छ । तर, ११ जना मात्रै कार्यरत छन् ।

अदालतमा अघिल्लो वर्ष २०८०–८१ बाट दायित्व सरेर आएका ३ हजार ७ सय ९५ मुद्दाको जिम्मेवार सरेर आएको थियो । २०८१–०८२ मा ६ हजार ४ सय २५ वटा मुद्दा दर्ता भएको थियो ।

अदालतले गत वर्ष ६ हजार ९ सय मुद्दा फर्स्योटको लक्ष्य राखेको थियो, ७ हजार १ सय ३५ वटा मुद्दा फैसला भयो । यो लक्ष्यको तुलनामा १ सय ३ दशमलव ४१ प्रतिशत मुद्दा फर्स्योट भएको स्रेस्तेदार पोखरेल जानकारी दिए ।

२०८२ असार मसान्तसम्ममा २ वर्ष पुग्ने ५ सय ९४ मुद्दामध्ये २ वटा मात्रै बाँकी रहेको र अरु ५ सय ९२ वटा फर्स्योट भइसकेको उनले बताए । अदालतले आर्थिक वर्ष २०७९–०८० मा ६१ दशमलव ३३ र आर्थिक वर्ष २०८०–०८१ मा ६३ दशमलव २१ प्रतिशत मुद्दाको फर्स्योट गरेको थियो ।

उच्चको प्रगति ६० प्रतिशत

उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०८१–०८२ मा ६० प्रतिशतभन्दा बढी मुद्दा फर्स्योट गरेको छ । अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार उच्च अदालतले गत आर्थिक वर्ष ५ हजार ६ सय ६८ वटा मुद्दा फर्स्योटको लक्ष्य राखेको थियो । तर ५ हजार ७९ वटा मुद्दा फर्स्योट गर्‍यो ।

उच्चमा आर्थिक वर्ष २०८१–०८२ मा ४ हजार २ सय ५८ वटा मुद्दा दर्ता भएका थियो । आर्थिक वर्ष २०८०–०८१ बाट ४ हजार १ सय ८३ वटा मुद्दाको जिम्मेवारी सरेर आएको थियो ।

जम्मा ८ हजार ४ सय ४१ वटामध्ये ५ हजार ७९ वटा फर्स्योट भएका छन् । फर्स्योट हुन बाँकी रहेका ३ हजार ३ सय ६१ वटा मुद्दाको आर्थिक वर्ष २०८२–०८३ का लागि जिम्मेवारी सरेको छ । उनका अनुसार जिम्मेवारी सरेर आएकामध्ये ५ सय ७८ वटा फर्स्योट हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?