+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गायिक अन्नु चौधरीले जन्मदिनमा ल्याइन् ‘बर्खाके मौसम’

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री उपहार

गायिका अन्नु चौधरीले आफ्नो युट्युब च्यानलबाट थारू भाषामा ‘बर्खाके मौसम’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १७:४८

२ साउन, काठमाडौं। गायिक अन्नु चौधरीले आफ्नो जन्मदिनको अवसरमा थारू भाषाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

उनले आफ्नो युट्युब च्यानलबाट थारू भाषामा ‘बर्खाके मौसम‘ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

यसका साथै गायिका चौधरी जन्मस्थान कैलाली पुगेर जन्मदिन मनाएकी छिन् ।

सार्वजनिक गरेको गीतको शब्द र कम्पोज दिपेनसु चौधरीले गरेका छन् भने एरेन्जर पुस्कर महतोले गरेका छन् ।

अकिस्टिक स्टुडियवमा मिक्सिङ गरिएको यो गीतमा अन्नु चौधरी स्वयमले स्वर र अभिनय गरेकी छिन्। उनले अनलाइनखबरसँग भनिन्, ‘यो गीत मैले जन्मदिनको अवसरमा निकालेकी हुँ। म्‍यूजिक भिडियोमा मोडलिङ गरेकी मेरो पहिलो पटक हो।’ 

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री उपहार

यसका साथै जन्मदिनमा गायिका चौधरीले आफ्नो जन्मस्थान कैलालीमा पुगेर आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गरेकी छिन् ।

उनले कैलालीको श्री सरस्वती माध्यमिक विद्यालय प्रतापपुरका विद्यार्थीहरूलाई ५० थान स्कूल ब्याग, ५ थान स्कूल ड्रेस तथा कापी र कलम दिएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘आजको दिन मेरो लागि विशेष छ र विशेष दिनमा केहि विशेष गर्दै छु ! यो समाज र सांगीतिक क्षेत्र बाट मैले धरै कुरा पाएको छु र मैले पनि यो समाज को लागी केही गर्नुपर्छ भन्ने मलाई लाग्दछ र आज बाट मेरो सामर्थ्यले पुगेसम्म सामाजिक कार्य गर्ने प्रयास गर्ने छु ! आशा छ मेरो यो प्रयासलाई हजुरहरुले साथ दिनु हुनेछ !’

उनले समाजको लागि केही गर्नुपर्छ भनेर नै आफूले सकेको सामाजिक कामको सुरूवात गरेको बताएकी छिन् । आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गरिरहेको प्रतिवद्धता जनाउँदै सबैलाई हौसला दिन आग्रह गरेकी छिन्।

‘यस कामको सुरवात आज मैले अध्ययन गरेको विद्यालय श्री सरस्वती माध्यमिक विद्यालय प्रतापपुर ,कैलालीबाट विधार्थीहरुलाई ५० थान स्कूल ब्याग र ५ थान स्कूल ड्रेस वितरण गर्दै सुरु गरेको छु ! मेरो सामर्थ्यले पुगेसम्म एस्तो कार्य आजीवन निरन्तर गरिरहने छु ! मलाई माया,साथ र हौसला दिनु होला !’ उनले फेसबुकमा भनेकी छिन् ।


संगीत मार्फत थारू सभ्यतालाई मूलधारसँग जोड्ने युवा पुस्ताकी सेतु हुन्, अन्नु चौधरी । सुदूरपश्चिम कैलालीको लम्कीचुहामा जन्मिएर काठमाडौंसम्म उनले भरेको सांगीतिक उडान धेरैका लागि प्रेरक छ ।

सात भाषाकी साझा सरगम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?