+
+
Shares

सुनकोशी नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते २१:२९

३ साउन, काठमाडौं । सुनकोशी नदी आसपसका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै आज रातिदेखि आगामी ५ गतेसम्म अत्यधिक वर्षा हुनसक्ने भन्दै सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो ।

सोमबारसम्म अत्यधिक वर्षा हुनसक्ने भनदै नदी आसपासका क्षेत्रका बासिन्दा, बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा सवारी चलाउँदा समेत ध्यान दिनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भनेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?