+

साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल

२०८२ साउन  ५ गते ७:३८ २०८२ साउन ५ गते ७:३८
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्दैछ।
  • हाल बंगलादेश ५ खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अंकसहित दोस्रो स्थानमा छ।
  • उपाधि जित्नका लागि नेपालले बंगलादेशलाई जित्नैपर्ने दबाब छ।

५ साउन, काठमाडौं ।  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम एवं नि्र्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू-२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ ।

हालको अवस्थामा बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ भने नेपाललाई जितको विकल्प हुने छैन ।

नेपालले यसअघि बंगलादेशसँगको पहिलो खेलमा ३-२ गोलअन्तरको हार बेहोरेको थियो । त्यसकारण बंगलादेश अपराजित रहँदै उपाधि जित्न दाबेदारको रूपमा छ ।

हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले खेलेको पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई दुई-दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।

अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेको छ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ । त्यसो भएमा नेपालले बंगलादेशलाई भेट्टाउने छ । यस्तोमा च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ ।

५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३-२ ले जितेको थियो । अहिलेसम्म बंगलादेश हेड टु हेडमा पनि अघि छ र हेड टु हेड गोलअन्तरमा पनि एक गोलले अघि छ ।

यदि नेपालले आज बंगलादेशलाई दुई गोल अन्तरले पराजित गर्न सकेमा स्वत: च्याम्पियन बन्नेछ । यदि नेपालले एक गोल अन्तरले बंगलादेशलाई हराएमा दुवैको अंक बराबर हुनेछ भने हेड टु हेडमा पनि गोल अन्तर बराबर हुनेछ । यस्तो अवस्थामा समग्र गोल अन्तर हेरिनेछ ।

नेपालले एक गोल अन्तरले मात्र जितेपनि समग्रमा नेपालको गोल अन्तर धेरै हुनेछ । त्यसैले अन्तिम खेल नेपालका लागि ‘डु अर डाई’ (गर या मर) नै हुनेछ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान छ ।

साफ यू-२० महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय