+

ग्रीन र ओवेनको अर्धशतकमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायो

२०८२ साउन  ५ गते ९:३२ २०८२ साउन ५ गते ९:३२
ग्रीन र ओवेनको अर्धशतकमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२०आई शृंखलामा पहिलो खेलमा ७ विकेटले जित हासिल गरेको छ।
  • मिचेल ओवेनले डेब्यू खेलमै २७ बलमा ६ छक्कासहित ५० रन बनाए भने क्यामरन ग्रीनले ५१ रन बनाए।
  • वेस्ट इन्डिजले दिएको १९० रनको लक्ष्य अस्ट्रेलियाले ७ बल बाँकी छँदा भेट्टायो र शृंखलामा १-० को अग्रता लियो।

५ साउन, काठमाडौं । क्यामरन ग्रीनको अर्धशतकसँगै मिचेल ओवेनले पनि डेब्यू खेलमै अर्धशतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा विजयी सुरुवात गरेको छ ।

वेस्ट इन्डिजले दिएको १९० रनको लक्ष्य अस्ट्रेलियाले ७ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । ओवेनले डेब्यू खेलमै अर्धशतक प्रहार गर्दै २७ बलमा ६ छक्कासहित ५० रन बनाए । ग्रीनले २६ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । कप्तान मिचेल मार्शले २४ रन बनाए ।

७८ रनमा ४ विकेट गुमाएपछि केही दबाबमा आएको अस्ट्रेलियाका लागि ग्रीन र ओवेनले मिलेर ८० रनको साझेदारी बनाउँदै जितको आधार तय गरे ।

वेस्ट इन्डिजका लागि जेसन होल्डर, गुडाकेश मोटी र अल्जारी जोसेफले २-२ विकेट लिए भने अकिल होसेनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनाएको थियो । रस्टन चेजले सर्वाधिक ६० तथा कप्तान शाइ होपले ५५ रन बनाए ।

अस्ट्रेलियाका बेन डारशुइसले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । शन एबट, कूपर कोनोली, नेथन एलिस र मिचेल ओवेनले १-१ विकेट लिए ।

 एक समय १५ ओभरमा १५२-२ को अवस्थामा भएपनि वेस्ट इन्डिजले अन्तिम ५ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र बनाउन सक्यो ।

यो जितसँगै अस्ट्रेलियाले ५ खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

अस्ट्रेलिया क्रिकेट टी-२०आई शृंखला वेस्ट इन्डिज क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय