+
+
Shares

बैंकिङ कसुर र वैदेशिक ठगी अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ११:११

६ साउन, काठमाडौं । तीन वटा बैंकिङ कसुर र वैदेशिक ठगीका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० की ४९ वर्षीया लता गुरुङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध तीन वटा बैंकिङ कसुरको मुद्दा रहेको पाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा १ लाख ११ हजार, प्रहरी वृत्त मालिगाउँमा ७ लाख ७० हजार र प्रहरी वृत्त थानकोटमा २ लाख ८७ हजार रुपैयाँको बैंकिङ कसुरको जाहेरी परेको छ ।

वैदेशिक रोजगार विभाग ताहचलमा १ लाख ८२ हजार रुपैयाँ बराबरको वैदेशिक ठगीको जाहेरी पनि रहेको खुलेको छ ।

यसका साथै काठमाडौं जिल्ला अदालतले उनलाई १६ मंसिर २०८१ मा बैंकिङ कसुरमा २ लाख २२ हजार जरिवाना, त्यति नै बिगो भराउने र एक दिन कैदका साथै ८ हजार ८८० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?