+
+
Shares

४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १४:४३

६ साउन, काठमाडौं । चार लाख रुपैयाँ भन्दा नगदसहित क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ३१ वर्षीय फुर्वा साङ्गे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३१ वर्षकै दीपक दर्नाल र धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ३१ वर्षकै भीमबहादुर तामाङ छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

उनीहरुले वैदेशिक रोजगारीमा विदेश जान लागेका व्यक्तिलाई लक्षित गर्दै आर्थिक प्रलोभन देखाउँदै बैंक खाता खोल्न लगाउने र ती खाता दुरुपयोग गर्दै ठगीको रकम कारोबार गरेको पाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनीहरुबाट ४ लाख २० हजार ५५ रुपैयाँ, २०० थान भन्दा बढी सीमकार्ड पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?